१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

जिम्बावेका अलराउन्डर सिकन्दर राजाले काठमाडौं किङ्सबाट इपीएल खेल्ने

काठमाडौं – जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किङ्समा अनुबन्धित भएका छन्। काठमाडौंले मंगलबार एक प्रेस विज्ञप्ति निकाल्दै राजालाई अनुबन्ध गरेको घोषण गरेको हो।

सिकन्दर काठमाडौं किङ्समा अनुबन्धित हुने तेस्रो विदेशी खेलाडी भएका छन्। इपीएलमा एउटा टिमले ३ विदेशी खेलाडी राख्न पाउने नियम छ। काठमाडौंले यसअघि नै २ विदेशी खेलाडी आयरल्याण्डका केभिन ओब्राइन र युएइका कप्तान रोहन मुस्तफालाई लाई टिममा अनुबन्धन गरिसकेको छ।

विश्व क्रिकेटकै एक सफल र चर्चित खेलाडी सिकन्दरले जिम्बावेबाट ८५ एकदिवसीय, १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन्। सिकन्दरले टेष्टमा ७६२ र एकदिवसीयमा २ हजार ३८१ रन बनाएका छन्।

सिकन्दरलाई काठमाडौं किङ्सले भित्र्याएसँगै इपीएलको यो संस्करण निकै रोचक हुने देखिएको छ। ३२ वर्षीय सिकन्दरको जन्म भने पाकिस्तानमा भएको हो।

 

प्रकाशित: १२ भाद्र २०७५ ०७:१५ मंगलबार

जिम्बावे सिकन्दर_राजा काठमाडौं_किङ्स इपिएल