९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

भलिबल प्रशिक्षकको कोर्स सुरु

काठमाडौं – राष्ट्रिय खेलको मान्यता पाएको भलिबलमा प्रशिक्षकको विशेष कोर्स सोमबार सुरु भएको छ। 

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभी) को सहयोगमा सुरु लेभल टु प्रशिक्षण कोर्सको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ र भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले संयुक्त रूपमा उद्घाटन गरे। नेपालमा पहिलो पटक हुन लागेको कोर्स पाँच दिनसम्म चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

एनओसीका अध्यक्ष श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएकाले यसको विकासमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे। ‘भलिबलको विकास संघको मात्र चासोको विषय होइन। भलिबल आम नेपालीको गौरवको विषय हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘राष्ट्रिय खेलको विकास गर्नु हाम्रो दायित्व पनि हो।’

नेपालमा स्तरीय प्रशिक्षकको उत्पादन बढाउन कोर्स गर्न लागेको भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दलाई उद्धृत गर्दै राखेपले जनाएको छ। नेपालमा लेभल टु कोर्स गरेका प्रशिक्षक पाँच जना मात्र छन्।

कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ। उनीहरूलाई एफआइभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षित गर्नेछन्। 

प्रकाशित: २२ श्रावण २०७५ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App