२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

दोस्रो एकदिवसीय क्रिकेटः ३४ रन जोड्दा नेपालले २ विकेट गुमायो

काठमाडौं – ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

नेदरल्याण्ड्को आमस्टेल्भिन स्टेडियममा जारी खेलमा नेपालले ३४ रन जोड्दा २ विकेट गुमाइसकेको छ। नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल १३ र अनिलकुमार शाह ४ रनमा आउट भएका छन्। दुवै खेलाडी क्याच आउट भएका हुन्।

नेदरल्याण्ड्सका फ्रेड कलसिनले दुवै विकेट लिए। नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा नेपालले टस हारेर बलिङ गरेको थियो।

यसअघि खेलेको पहिलो खेलमा भने नेपाल कमजोर ब्याटिङका कारण पराजित भएको थियो। शृङ्खला बराबरी गर्न आजको खेलमा नेपाललाई जित्नैपर्ने दबाब छ। आजको खेलका नेपालले ३ खेलाडी परिवर्तन गरेको छ। शरद भेषावकर,शक्ति गौचन र करण के.सी को ठाउँमा सुवाष खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले खेल्नेछन्।

ताजा अवस्थामा नेपालले १०.२ ओभरमा २ विकेटको क्षतिमा ४६ रन बनाएको छ।

प्रकाशित: १८ श्रावण २०७५ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App