१४ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एक हजार खेलाडी सम्मानित

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई पुरस्कारसहित सम्मान गरेको छ।

काठमाडौंमा आइतबार आयोजित खेलाडी तथा श्रष्ठा सम्मान कार्यक्रममा परिषदले आर्थिक वर्ष २०७४/७५ मा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने, एशियाली खेलकुदमा पदक तथा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी, अहिलेसम्मका ओलम्पियनहरुले पाउने मासिक पारिश्रमिक, गत वर्ष आयोजना भएको राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगदसहित सम्मान गरेको हो।

अहिलेसम्मका ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई नयाँ आर्थिक वर्ष २०७५/७६ देखि मासिक ३ हजार भत्ता उपलब्ध गराउने निर्णयअनुसार राखेपले ८० जना ओलम्पियनलाई मासिक भत्ता प्रदान गरी निर्णय कार्यान्वयन गरेको छ।

परिषदले एशियाली खेलकुदमा सहभागी भइ पदक जितेका ८ खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा पहिलो संस्करणदेखि १२औं संस्करणसम्मका स्वर्ण विजेता ९६ खेलाडीलाई गत मंसिरदेखिको मासिक ५ हजार भत्ता एकमुष्ट वितरण गरेको छ।

त्यस्तै गत वर्ष आयोजित राखेप च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने फरक खेलका ६२ खेलाडीहरु नगद १५ हजारका दरले सम्मानित भएका छन्।

कार्यक्रममा गत आर्थिक वर्षमा नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत जित्ने ४१७ जना खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

यस्तै खेलकुद पत्रकारिता पुरस्कार २०७५ बाट खेल पत्रकार निरञ्जन राजवंशी र राजु सिलवाल सम्मानित भए। सञ्चार माध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदान स्वरुप सम्मानित खेल पत्रकार द्वयले जनही ५० हजार रूपयाँ पनि पाए।

प्रकाशित: १३ श्रावण २०७५ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App