१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र एमसिसीकाे खेल ६ अाेभरकाे हुने, अाजै नेदरल्याण्डसँग खेल्ने

वर्षाले खेल प्रभावित भएपछि छाेपिएकाे क्रिकेट पिच । तस्विर : पेटर

लन्डन - वर्षाले खेलको निर्धारित समय बिथोलेपछि अाज (आइतबार) लन्डनस्थित लर्डस क्रिकेट मैदानमा हुने भनिएका सुरुवाती दुई खेल ६/६ ओभरमा छोट्याइएका छन। नेपाल, मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्डबीच हुने ट्वान्टी ट्वान्टी खेल अन्तर्गत नेदरल्याण्ड र एमसिसीबीचको पहिलो खेल तथा नेपाल र एमसिसीबीचको दोश्रो खेल ६/६ ओभरमा झारिएको हो भने आजै हुने नेपाल र नेदरल्याण्डबीचको तेश्रो खेल भने छोट्याइएको छैन।  

२०१५ जुलाईमा पपुवा न्युगिनीविरुद्धको खेलपछि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छैन। त्यसपछि नेपालले पहिलोपल्ट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। दुई वर्षअघि एमसिसीविरुद्ध खेल्न लर्ड्स पुगेको नेपाल एमसिसीका साथै नेदरल्यान्ड्ससँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहितको हैसियतमा अहिले नेपाल लन्डन पुगेको छ।

 

प्रकाशित: १३ श्रावण २०७५ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App