१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विजेतालाई राष्ट्रिय सम्मान

फ्रान्स – विश्वकप विजेता फ्रान्सेली टोली सोमबार घर फकिँदा लाखौं समर्थकले देशका नयाँ आदर्शहरुलाई भव्य स्वागत गरेका छन्।

आइतबार मस्कोको लुझनिकी रंगशालामा क्रोएसियालाई हराउँदै उपाधि जितेको टोलीको नगर परिक्रमामा साथ दिन सडकमा ओर्लिएका ३ लाखभन्दा बढि समर्थक तथा टिमको सुरक्षाका लागि प्रशासनले २ हजारभन्दा बढि सुरक्षाकर्मी परिचालन गरेको थियो।

लाखौं समर्थकसँगै विश्व विजेता टिमले नगर परिक्रमा गरिरहँदा फ्रान्सेली वायु सेनाका ९ वटा विमानले आकाशबाट तिनलाई साथ दिएका थिए । टिमको सम्मानमा आकाशमा एक्रोब्याटिक उडान गर्ने क्रममा ति विमानहरुले राष्ट्रिय झण्डाजस्तै देखिने गरी निलो, सेतो र रातो धुँवा फ्याकेका थिए।

नगर परिक्रमापछि विजेता टोली निलो सुटमा सजिएर राष्ट्रपति इमानुयल म्याक्रोन र उनकी श्रीमती ब्रिगिटेद्धारा आयोजित स्वागत समारोहमा पुगेका थिए । स्वागत समारोहमा राष्ट्रपति दम्पत्ती पनि निलो लुगामै सजिएर बसेका थिए।

म्याक्रोनले यसअघि नै विश्व च्याम्पियन टोलीलाई देशका लागि असाधारण सेवा पुर्याउनेले पाउने ‘लेजन अफ अनर’बाट सम्मान गर्ने घोषणा गरिसकेका छन् । १९९८ मा आफैले आयोजना गर्दा पहिलो पटक विश्वकप जितेको फ्रान्सले विश्व फुटबलको सबभन्दा ठूलो उपाधि जितेको यो दोस्रो पटक हो।

 

प्रकाशित: २ श्रावण २०७५ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App