१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप फुटबल : पहिलो हाफमा ब्राजिलको अग्रता

रूस – विश्वकप फुटबल अन्तर्गत समूह ‘इ’ को खेलमा अहिले ब्राजिल र सर्बियाको खेल जारी छ। मस्कोको स्पार्टक रंगशालामा जारी खेलको पहिलो हाफको खेल सकिदा ब्राजिल १–० ले अघि छ। ब्राजिलका लागि खेलको ३७ औं मिनेटमा पाउलिन्होले गोल गरे। सर्बियालाई दबाबमा राख्दै ब्राजिलले खेल खेलिरहेको छ।

उपाधिको मुख्य दाबेदारका रूपमा रूस पुगेको ब्राजिलले पहिलो दुई खेलमा एक जित र एक बराबरी नतिजा निकाल्दै अगाडि बढ्ने सम्भावना कायम राखेको छ। तर पाँच पटकको विश्वविजेताको प्रदर्शन भने अपेक्षाअनुसार हुन सकेको छैन। तर ब्राजिलभन्दा सर्बिया बढी दबाबमा छ।

ब्राजिललाई अन्तिम १६ मा स्थान पक्का गर्न बराबरीको नतिजा पर्याप्त बन्नेछ भने सर्बियासँग जितको विकल्प छैन। बराबरीको नतिजा ल्याए सर्बियाले अन्तिम १६ प्रवेशका लागि कोस्टारिका र स्विट्जरल्यान्डविरुद्ध हुने खेलको नतिजा आफू अनुकूल आएको देख्न पाउनुपर्नेछ। जहाँ कोस्टा रिकाले स्विट्जरल्यान्डलाई १ भन्दा बढी गोल अन्तरमा पराजित गर्नुपर्नेछ।

समूहमा समान ४ अंक जोडेका ब्राजिल र स्विट्जरल्यान्ड पहिलो र दोस्रो स्थानमा छन् भने ३ अंकका साथ सर्बिया तेस्रो स्थानमा छ। प्रतियोगिताबाट बाहिरिइसकेको अंकविहीन कोस्टारिका पुछारमा छ।

पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको ब्राजिलले दोस्रो खेलमा कोस्टारिकामाथि २–० को विजयी नतिजाका लागि इन्जुरी समयसम्म कुर्नुपरेको थियो। 

ब्राजिलले विश्वकप छनोट र अभ्यास खेल गरी २१ खेलमा १ खेल मात्र गुमाएको थियो । जहाँ टोलीले ४७ गोल गरेको थियो भने मात्र ५ गोल खाएको थियो।

यता पहिलो खेलमाकोस्टा रिकालाई १–० ले पराजित गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेको सर्बियाले दोस्रो खेलमा स्विट्जरल्यान्डलाई २–१ को नतिजा सुम्पिएसँगै अन्तिम १६ प्रवेश यात्रा धरमराएको थियो।

 

प्रकाशित: १३ असार २०७५ १८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App