१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेक्सिकोलाई पराजित गर्दै स्विडेन बन्याे समूह 'एफ' को विजेता

काठमाडाैं - समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई पराजित गर्दै स्विडेन समुह विजेत बनेको छ। समूह विजेत बनेको स्विडेन र पराजित भएको मेक्सिको दुवै नकआउट चरण प्रवेस गरेका छन्।

बुधबार समूह एफ अन्तर्गत भएको खेलमा स्विडेनले मेक्सिकोलाई तिन शुन्य गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको खेलमा मेक्सिको तिन गोल खान पुग्यो।

स्विडेनकालागि पहिलो गोल खेलको ५० औं मिनेटमा लुडविग अगस्टिनसनले गरे। उनले भिक्टर क्लेसनको पासलाई सदुपयोग गर्दै गोलपोष्ट नजिकैबाट गोल गरे। एक गोलको अग्रता बनाएको स्विडेनले खेलको ६२ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो। मेक्सिकोका हेक्टर मोरेनोले स्विडेनका मार्कस वर्गलाई डि बक्स एरियामा लडाएपछि पाएको पेनाल्टीमा स्विडेनका एन्ड्रियस ग्रयानभिस्टले गोल गरे।

दुई शुन्यले पछि परेको मेक्सिकोे खेलको ७४ औं मिनेटमा आफ्नै गल्तिले अर्को गोल खान पुग्यो। मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गर्दा खेलमा फर्कने मेक्सिकोको सम्भावना लगभग समाप्त भएको थियो। तिन शुन्यले पछि परेको मेक्सिकोले त्यसपछि गोल गर्न गरेका अनेकन प्रयासहरु सफल हुन नसक्दा समूहको दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।

बुधबारको खेलमा पराजित भएपनि यो समूहकै अर्को खेलमा पूर्व विश्वविजेता जर्मनी दक्षिण कोरियासँग दुई शुन्य गोलले पराजित भएपछि मेक्सिको शिर्ष १६ मा स्थान बनाउन सफल भयो।

यो समूहबाट मेक्सिको र स्विडेन शिर्ष १६ मा प्रवेस गरेका छन् भने जर्मनी र दक्षिण कोरिया समूह चरणबाटै वाहिरिएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App