२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रधानमन्त्री कपको उपाधि एपिएफलाइ, आर्मी ६ विकेटले पराजित


काठमाडौ - काठमाडौमा आज सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाइ ६ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको हो।

काठमाडौ स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पुर्ण विकेट गुमाउदै २ सय ९ रन जोड्यो। आर्मीका लागी भिम सार्कीले सर्वाधिक ४५ रन, सोमपाल कामीले ३६ तथा कप्तान बिनोद भण्डारीले ३५ रन जोडे। आर्मीलाइ मध्यम स्कोरमा रोक्ने क्रममा करन केसीले ३ तथा भुवन कार्की र बसन्त रेग्मीले समान दुइदुइ विकेट लिए।

२ सय १० रनको विजयी लक्ष्य सहीत जवाफी ब्याटिङमा उत्रेको एपिएफले खेल सकीन ४ बल बाँकी रहँदा आर्मीमाथी जित दर्ता गर्यो। एपिएफले निर्धारित लक्ष्य ४९ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। एपिएफका लागी अनील साह र प्रदीप ऐरीले समान ६३ रन जोड्दा पृथु बास्कोटाले ३२ रन जोडे। आर्मीका सोमपाल कामीले ३ विकेट लिए।

प्रतियोगिताको विजेत बनेको एफिएफले नगद २० लाख प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको आर्मीले १० लाख प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी सागर पुन भए। सागरले १ लाख प्राप्त गरे।

प्रकाशित: २८ जेष्ठ २०७५ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App