१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हेटौंडालाई पराजित गर्दै एपीएफ सेमीफाइनलमा

सर्लाही– सशस्त्र प्रहरीको एपीएफ क्लब २ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। 

आइतबार भएको खेलमा विजय युथक्लब हेटौंडालाई २–० गोलले पराजित गर्दै एपीएफले प्रतियोगिताको अन्तिम ४ स्थानमा सीट सुरक्षित गरेको हो। जीतसँगै एपीएफले ७ लाख नगदसहित प्रथम उपाधिको होडमा आफूलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गरेको छ । 

निर्धारित ८० मिनेटको खेल अन्तर्गत पहिलो हाफको १० मिनेटमा एपीएफका जर्सी नं. १५ का रुपबहादुर लामाले सानदार गोल गरे। डिबक्स नजिकैबाटलामाले प्रहार गरेको बलले हेटौंडा गोलपोष्टको जाली सहजै चुम्यो। 

१–० को अवस्था रहेको खेललाई मध्यान्तर पछि १२ मिनेटमा एपीएफकै जर्सी नं. ९ काप्रविन स्याङतानले गोल गर्दै टिमको अग्रता बढाए। मिडलाईनबाट एक्लै बल अगाडी बढाएका स्याङतानले रक्षापंक्तिका खेलाडीलाई छलाउँदै डिबक्स भित्र पु-याएर गरेको सशक्त प्रहार हेटौंडाका गोल किपरले भेउ नै पाउन सकेनन्। र खेल २–० मा पुग्यो। भारतको सशक्त टिम युनाईटेड सिक्किमलाई ट्राईबेकरमा पराजित गर्दै आइतबार पुन मैदानमाउत्रिएको एपीएफका अगाडि २ जना अफ्रिकन खेलाडी समेत उतारेको हेटौंडा निरिह देखिएको थियो। हेटौंडाका खेलाडीले पटक–पटक गरेको गोलपोष्ट प्रहारमा एपीएफका गोलकिपर राजु नगरकोटी बाधक बने।

मिडलाईनबाट बल अगाडी बढाएर एकल प्रयासमा गोल गर्ने एपीएफका प्रविन स्याङतान म्यान अफ दि म्याच घोषित हुँदै नगद ५ हजार हात पारे।

सोमबारको खेल नेपाल पुलिस क्लब र गोर्खा ब्वाईज रुपन्देहीबीच हुने आयोजक समितिका विनय बानियाँले जानकारी दिए। रुपन्देही शनिबार सम्पन्न नेपालगञ्ज गोल्डकप तथा पुलिस नुवाकोट गोल्डकपको उपाधी विजेता भएकाले लालबन्दी गोल्डकप अन्तर्गत सोमबार हुने खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने सर्लाही फुटबल संघका महासचिव उज्वल कार्कीले बताए। 

प्रकाशित: २७ जेष्ठ २०७५ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App