१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

१२० दिनभित्र 'ए' डिभिजन लिग आयोजना हुने

सहिद स्मारक 'ए' डिभिजन लिग १२० दिनभित्र आयोजना हुने सहमति भएको छ। मगंलबार सिहंदरबारमा बसेको युवा तथा खेलकुदमन्त्री, एन्फा पदअधिकारी, 'ए' डिभिजन लिग क्लबहरु र अखिल नेपाल खेलाडी संघका पदअधिकारीबीच भएको छलफलपछि लिग १२० दिनभित्र आयोजना हुनेमा सहमति जुटेको हो।  

अघिल्लो हप्ता एन्फा र 'ए' डिभिजन लिगका क्लबहरुबीच यो वर्ष लिग आयोजन नहुने सहमति भएको थियो। नेपाल खेलाडी संघ तथा खेलाडीहरुले एन्फाको मुख्यालयमा धर्ना दिँदै निर्णयको विरोध गरेपछि एन्फाले सोमबार वार्तामा बोलाएको थियो।  

सो वार्ताको छलफल लाइभ हुने माग उनीहरले गरेका थिए। तर, एन्फाले वार्ताको लाइभ नगर्न भनेपछि हिजो हुने भनिएको वार्ता स्थगित भएको थियो।  

त्यसपछि आज यी कुराको बारेमा सिंहदरबारमा छलफल भएको हो। मन्त्री बब्लु गुप्ताको नेतृत्वमा बसेको बैठकले अबको १२० दिनभित्र लिग आयाेजना गर्न सहमती भएको हो।

लिग गराउनेबारे सहमति जुटेपनि 'होम एण्ड अवे' भने नहुने भएको छ। 

प्रकाशित: २५ कार्तिक २०८२ १९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App