काठमाडौंं – मिडिया हब र एएनएस क्रिएसन नेपाल आइस आन फुटसल प्रतियेगिताको अन्तिम १६ मा प्रवेश गरेका छन्।
समूहका तीन खेलमा शतप्रतिशत नतिजा हात पार्दै ९ अंक जोडेको मिडिया हब समूह ‘एच’ को विजेता र ४ अंक जोडेको एएनएस समूह उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका हुन्।
बिहीबार सम्पन्न समूह ‘एच’ को खेलमा एक बराबरी र दुई हार बेहोरेको नागरिक दैनिकको यात्रा भने समूहचरणमा सीमित बन्यो।
पहिलो खेलमा मिडिया हबलाई २–१ को नतिजा सुम्पिएको नागरिकले दोस्रो खेलमा एएनएससँग गोलरहित बराबरी खेल्यो । तेस्रो खेलमा भोयजलाई ४–० को नतिजा सुम्पिएसँगै नागरिकको अघिल्लो चरण प्रवेश गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।
प्रकाशित: २८ वैशाख २०७५ ०४:२४ शुक्रबार