२९ असार २०८२ आइतबार
image/svg+xml
खेल

क्लब विश्वकप : एमबाप्पेको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

क्लब विश्वकपको क्वार्टरफाइनलमा रियल म्याड्रिडले बोरुसिया डर्टमुन्डलाई ३-२ ले हराएको छ। अमेरिकाको न्यूयोर्कस्थित मेटलाइफ रंगशालामा भएको खेलमा केलियन एमबाप्पेको बाइसाइकल किकमा रियल जित निकाल्न सफल भयो । 

रियलका गोलकिपर थिबाउट कोर्टोइसले अन्तिम मिनेटमा डर्टमुन्डको बराबरी गोल रोकेर जित सुनिश्चित गरे। गोन्जालो गार्सिया र फ्रान गार्सियाले पहिलो २० मिनेटमा गोल गर्दै म्याड्रिडलाई २-० को अग्रता दिलाए। डर्टमुन्डका म्याक्सिमिलियन बेयरले इन्ज्युरी समयमा गोल फर्काए। अन्तिम समय ६७औँ मिनेटमा आएका एमबाप्पेले बाइसाइकल किकबाट गोल गरेर जित दिलाएका हुन्।

थप समयको आठौँ मिनेटमा डिन हुइजसेनले रातो कार्ड पाएपछि सेरहाउ गुइरासीले पेनाल्टी गोल गरे। म्याड्रिड अब च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) विरुद्ध सेमिफाइनल खेल्नेछ। 

खेलअघि लिभरपुलका डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

प्रकाशित: २२ असार २०८२ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App