१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल

साविक विजेता नेपालले एसिसी यु-१६ इस्ट जोन कप फाइनलमा टस हारेको छ।

मलेसियामा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ। सिंगापुरविरुद्ध नेपालले बलिङ गर्नेछ। मलेसियालाई हराउँदै नेपाल फाइनल पुगेको थियो।

सिंगापुरले सेमिफाइनलमा हङकङलाई हराएको थियो। नेपाल र सिंगापुर एकै समूहमा थिए। समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो।

गत संस्करणको फाइनलमा मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

प्रकाशित: २१ असार २०८२ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App