३२ असार २०८२ बुधबार
image/svg+xml
खेल

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

नेपालले स्कटल्यान्डमा जारी टी ट्वान्टी क्रिकेट शृङ्खलाको निर्णायक तथा चौथो खेलमा घरेलु टोलीबाट १९४ रनको लक्ष्य पाएको छ।

ग्लास्गोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९३ रनको योगफल बनाएको थियो।

ओपनर जर्ज मुन्सीले ३९ बलमा ७८ रन जोड्दै आक्रामक इनिङ खेले। उनी १३औं ओभरमा कुशल भुर्तेलद्वारा आउट भए।

मुन्सीको इनिङमा पाँच चौका र ६ छक्का रह्यो। यससँगै घरेलु टोली १२.४ ओभरमा १३४/२ को बलियो स्थितिमा थियो। चौथो ओभरमा नै ओपनर मार्क वाटलाई ९ रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात पायो। उनी रूपेश सिंहद्वारा बोल्ड भए।

तर, स्कटल्यान्डका अर्का ओपनर मुन्सी र ब्रेन्डन म्याकमुलनले आक्रामक ब्याटिङ गरे। यो जोडीले दोस्रो विकेटका लागि ५५ बलमा नै एक सय रनको साझेदारी गर्‍यो।

म्याकमुलनले ३० बलमा ४० रन जोडे। उनको इनिङमा चार चौका र एक छक्का रह्यो। घरेलु टोलीले १५.४ ओभरमा नै १५० रनको आँकडा बनाएको थियो।

त्यसपछि नेपालले बलिङमा लय समात्ने प्रयास गर्‍यो। तर, पूर्ण सफल भने भएन। नेपालका अधिकांश बलरमाथि घरेलु टोलीका ब्याटर हाबी भए।

कुशल भुर्तेलले दुई विकेट तथा रूपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। नेपाल यो खेल जित्दै शृङ्खला आफ्नो बनाउने लक्ष्यमा छ।

तीन देश सम्मिलित शृङ्खलामा नेदरल्यान्ड्सले चार खेलमा चार अङ्क जोडेको छ। तीन खेलबाट नेपालको चार अङ्क र स्कटल्यान्डको दुई अङ्क छ। स्कटल्यान्ड पनि यो खेलमा जित निकाल्दै शृङ्खलामा दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

प्रकाशित: ६ असार २०८२ २१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App