अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा राम्रो छाप छाड्न सफल भिम सार्कीले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा डेब्यू गरेका छन् ।
स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको पाँचौं खेलमा उनले नेदरल्यान्ण्ड्सविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय टी-२० मा पाइला राखेका हुन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय टी-२० खेल्ने ५२औं खेलाडी बनेका छन् ।
बिहीबारको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । विकेट किपर अनिल साहको स्थानमा आसिफ शेखले पुनरागमन गरेका छन् । यस्तै किरण ठगुन्ना र बसिर अहमदलाई आराम दिँदै आरिफ शेख र भिम सार्कीलाई टोलीमा समावेश गरिएको छ।
बाँकी भने स्कटल्यान्डविरुद्धको दोस्रो खेलका खेलाडीलाई निरन्तरता दिइएको छ ।
नेपालले अहिले शृंखलाको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टस जितेको नेपालले बलिङ रोजेको छ ।
प्रकाशित: ५ असार २०८२ १९:५१ बिहीबार