२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

नेपालको उत्कृष्ट बलिङमा स्कटल्याण्ड ९७ मा अलआउट

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपाली बलरहरूको सानदार प्रदर्शनमा घरेलु टोली स्कटल्याण्ड सस्तैमा समेटिएको छ।

नेपालले जितका लागि ९८ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले स्कटल्याण्डलाई १९.४ ओभरमा सबै विकेट लिँदै मात्र ९७ रनमा सीमित गर्‍यो।

नेपालले खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेको थियो। पहिलो ओभरमा दीपेन्द्रसिंह ऐरीले मार्क वाटलाई बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाए।

दोस्रो ओभरमा करण केसीले जर्ज मुन्सेलाई आउट गर्दै आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरको १००औं विकेट पूरा गरे। लगत्तै अर्को बलमा लियाम नेलर रनआउट भएपछि स्कटल्याण्ड १०-३ को कमजोर अवस्थामा पुग्यो।

करणले चौथो ओभरमा र ललित राजवंशीले पाँचौं ओभरमा विकेट लिएपछि स्कटल्याण्डले मात्र २४ रन बनाउँदा आफ्ना ५ महत्त्वपूर्ण ब्याट्सम्यान गुमाइसकेको थियो।

त्यसपछि पनि उत्कृष्ट बलिङ जारी राखेका सन्दीपले थप दुई विकेट लिँदै स्कटल्याण्डको ब्याटिङ लाइन ध्वस्त पारे। स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिए। ललित राजवंशीले टोलीका लागि एक विकेट लिए।

प्रकाशित: ३ असार २०८२ २१:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App