१ श्रावण २०८२ बिहीबार
image/svg+xml
खेल

नेपाललाई नेदरल्यान्ड्सले दियो १५३ रनको लक्ष्य

स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ।

टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको हो।

नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याटर तेजा निदामनुरुले सर्वाधिक ३५ रन बनाए भने तल्लो क्रममा सकिब जुल्फिकरले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।

नेपालका लागि ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए भने सातौं ओभरमा सन्दीप लामिछानेले ओपनर माइकल लेभिट र कप्तान स्कट एड्वार्ड्सलाई एकै ओभरमा आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए।

नेपालको बलिङमा सन्दीप सबैभन्दा सफल रहे। उनले ४ ओभरमा मात्र १८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। ललित राजवंशीले पनि ४ ओभरमा २२ रन दिएर १ विकेट हात पारे भने नन्दन यादवले २ तथा कुशल भुर्तेलले १ विकेट लिए।

प्रकाशित: २ असार २०८२ २१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App