१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

शुक्रबार राति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। १७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाउदै भेटायो।

मुम्बईको जितका लागि सुर्यकुमार यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए। कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ जोडे भने क्रुनाल पाण्ड्याले ११ बलमा नटआट ३१ रनको योगदान गरे। इशान किशानले २५ तथा हार्दिक पाण्ड्याले २३ रन बनाए।

पञ्जावका लागि क्रिस गेलले सर्वाधिक ४० बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाएका थिए। त्यसैगरी मार्कस स्टोनिसले १५ बलमा २ चौका र २ छक्का मद्दतमा २९ रन बनाए भने लोकेश राहुलले २० बलमा २४ रन बनाएका थिए।

यो जितसँगै ९ खेलबाट ६ अंक जोड्दै मुम्बई अंक तालिकाको पाँचाैं स्थानमा उक्लिएको छ भने पन्जाब ८ खेलबाट १० अंक सहित चौथो स्थानमा छ।

प्रकाशित: २२ वैशाख २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App