१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

स्क्वासको पुरुष टिम इभेन्टमा बागमती च्याम्पियन

बागमती प्रदेशले बिहिबार १३औं राष्ट्रिय स्क्वास प्रतियोगताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा बागमतीले महिलासँगै पुरुष टिम इभेन्टमा पनि सफलता पाएको हो ।

सातदोबाटोस्थित स्क्वास हलमा जारी पुरुष टिम इभेन्टको फाइनलमा बागमतीले कोसी प्रदेशलाई ३–० ले हराउँदै उपाधि उचाल्यो ।

अरहन्तकेशर सिम्हले नैनबहादुर मगरलाई ११–२, ११–३, ११–५, पासाङ ब्लोनले सूर्यकुमार राईलाई ११–३, ११–४, ११–६ र राकेश परियारले खेमराज रार्इलाई ११–४, ११–५ र ११–३ ले हराएर बागमतीलाई च्याम्पियन बनाए । बागमतीको टिममा प्रज्वल प्रधान र कोसीको टिममा शक्ति लिम्बू पनि छन् । एक दिनअघि बागमती महिला टिम इभेन्टमा पनि च्याम्पियन बनेको थियो । महिला टिम इभेन्टमा गण्डकी प्रदेश उपविजेता तथा कोसी र कर्णाली प्रदेश संयुक्त रूपमा तेस्रो भए ।

त्यस्तै सुदीपबहादुर सिंह, गौरव कटवाल, यम राना र ज्ञानु चौधरी सामेल लुम्बिनी प्रदेश तथा दीपक थापा, हेसिल घिसिङ, सञ्जीव थापामगर र कृष श्रेष्ठ सामेल मधेश प्रदेशको टिम संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।

सातदोबाटोस्थित स्क्वास हलमा जारी प्रतियोगितामा बिहिबार व्यक्तिगत स्पर्धा पनि सुरु भएको छ । पहिलो चरणमा बाइ पाएका नेपालका नम्बर एक अरहन्त कर्णालीका हिमाल जिसीलाई ११–१, ११–२ र ११–२ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाए । कोसीका सूर्यकुमार राई पनि बागमतीका प्रज्वललाई ११–९, ५–११, ११–५ र ११–७ ले हराएर अन्तिम आठमा पुगेका छन् ।

यसैगरी पहिलो चरणमा कोशीका नैनबहादुर मगरले लुम्बिनका गौरव कटवाललाइ ११–५, ११–२, ११–५, कर्णालीका जैन जिसीले कोसीका शक्तिलाई ११–८, ११–४, ११–८, कोसीका खेमराजले गण्डकीका राजु श्रेष्ठलाई ११–३, ११–६, ११–८, कोसीका सूर्यकुमारले लुम्बिनीका यमलाई ११–६, ११–६, ११–६ तथा मधेशका सञ्जीवले गण्डकीका नवराज थापालाई ११–८, ११–६ र ११–४ ले हराए।

प्रकाशित: २९ जेष्ठ २०८२ १३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App