१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

चेल्सी वुमेन्स एफए कपको च्याम्पियन

म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी वुमेन्स एफए कपको च्याम्पियन बनेको छ।

वम्बेली रंगशालामा आइतबार राति सम्पन्न फाइनल खेलमा स्यान्डी बाल्टिमोरले दुई र क्याटरिना मकारियोले एक गोल गरेका थिए। यी तीन गोल नै चेल्सीलाई च्याम्पियन बनाउन सफल भएको हो।

पछिल्ला पाँच वर्षमा यो क्लबले चौथो पटक एफए कप जितेको हो। 

खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भएको थियो भने ८४औं मिनेटमा मकारियोले टोलीको अग्रता दोब्बर बनाइन्।

इन्जुरी समयमा बाल्टिमोरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाइन्। यो सिजन चेल्सीको यो तेस्रो घरेलु उपाधि हो।

यसअघि टोलीले महिला सुपर लिग र महिला लिग कपको उपाधिसमेत जितेको थियो।

प्रकाशित: ५ जेष्ठ २०८२ ०९:१० सोमबार

#womenAFAcup2025 #football