१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

आइपिएल पुनः आजबाट सुरु

भारत र पाकिस्तानबिचको तनावका कारण स्थगित भएको आइपिएल २०२५ पुनः आजबाट सुरु हुँदै छ।

आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरु गरेपछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो।

भारत र पाकिस्तानका बिचमा तनाव व्यववस्थापन भइ युद्धविराम भएपछि पुन: आइपिएल खेल सुरु हुन लागेको हो।

पञ्जाब र दिल्लीबिच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो। आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजे हुने छ।

प्रकाशित: ३ जेष्ठ २०८२ ०७:२४ शनिबार

#IPL2025