१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

गन्यापधुरामा एक करोडको लगानीमा खेल मैदान बन्दै

गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेल मैदान निर्माण गरिरहेको छ। गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेल मैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए। 

खेल मैदानको अभावमा विभिन्न खेलकुद गतिविधि प्रभावित हुँदै आएको जनाइएको छ। स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले खेल मैदानले सहयोग गर्ने उनले बताए।

अध्यक्ष कार्कीले भने, 'जिल्लामा एउटा पनि खेल मैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ र क्रिकेट खेल्न योग्य मैदान बन्ने छ। रासस

प्रकाशित: ३० वैशाख २०८२ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App