२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

भारत-पाकिस्तान तनाव : आइपिएल स्थगित

भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण बीसीसीआईले आइपिएल स्थगित गरेको छ। यद्यपि, बीसीसीआईले नयाँ मिति घोषणा गरेको छैन। अझै १२ लिग खेल बाँकी छन्। प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो।

यो जानकारी पीटीआईले बीसीसीआई स्रोतलाई उद्धृत गर्दै दिएको हो। बीसीसीआईका एक अधिकारीले पीटीआईलाई भने, 'देशमा युद्ध चलिरहेको बेला क्रिकेट खेल्नु राम्रो देखिँदैन।'

८ मे को राति करिब ८:३० बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गर्यो। यसै क्रममा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो।

पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनायो। त्यसपछि मैदानको फ्लडलाइटहरू निभाइयो र दर्शकहरूलाई घर पठाइयो। युद्धको अवस्थाका कारण शहरमा ब्ल्याकआउट लगाइयो र खेल रद्द गरियो। यो लिग चरणको ५८ औं खेल थियो। गुजरात र बेंगलुरुको ३-३ खेल बाँकी थियो।

प्रतियोगिता रोकिँदासम्म ४ टोलीसँग २-२ खेल बाँकी थिए। जबकि गुजरात र बेंगलुरुसहित ६ टोलीले ३-३ खेल खेलेनन्। लखनऊ र बेंगलुरु बीचको खेल शुक्रबार लखनऊमा खेलिने तय भएको थियो, तर त्यसअघि नै प्रतियोगिता रोकिएको थियो।

प्रकाशित: २६ वैशाख २०८२ १३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App