२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
खेल

भारतसँगको तनावपछि पाकिस्तान सुपर लिगका खेलहरूको स्थान परिवर्तन गरियो

भारतसँग तनाव बढेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरूको स्थान परिवर्तन गरेको छ। अब यसका बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने भएको छ।

अब पीएसएलका अन्तिम आठ खेलहरू, जुन पहिले रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका थियो, युएईमा आयोजना हुने छन्।

पीसीबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान सही समयमा घोषणा गरिने छ।

बिहीबार रावलपिंडी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको छ। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन्।

नकवीले भने, 'भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।'

यसअघि भारतमा पनि मे ८ बिहीबार हिमाचल प्रदेशको धर्मशालामा खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल बीचैमा रद्द गरिएको थियो।

यो खेल पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेलिरहेको थियो। एजेन्सी

प्रकाशित: २६ वैशाख २०८२ ०८:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App