यहीँ वैशाख २७ गते हुने जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगितामा ५ सय ९१ जना खेलाडीले भाग लिने भएका छन्।
छैटौँ संस्करणको म्याराथन प्रतियोगितामा स्वदेशी विदेशीसहित ५ सय ९१ जना खेलाडीले भाग लिने कर्णाली स्पोर्ट्स क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए।
उनका अनुसार यो वर्ष ५१ किलोमिटर दुरीको जुम्ला रारा म्याराथन दौड प्रतियोगिता हुदैछ्। विगतमा ४९ किलोमिटर दूरीमा भइरहेको थियो। छिमेकी देश भारतबाट दुई जना, अमेरिकााबाट १ जना, फ्रान्सदेखि १ र पोल्याण्डबाट १ जना विदेशी खेलाडीले भाग लिनेछन्। ५१ किलोमिटर दुरीको म्याराथन प्रतियोगितामा ७४ जना खेलाडी छन्। ५ किलोमिटर दौड प्रतियोगिता तर्फ १ सय ५५ जना, र १० किलोमिटर दुरीतर्फ ३ सय ५५ जना र त्रिभुवन आर्मीबाट(२जना खेलाडीले नाम दर्ता गराएको कर्णाली स्पोर्ट्स क्लब जुम्लाले जनाएको छ।
जुम्लाको ’चन्दननाथ भैरवनाथ मन्दिरको आँगनदेखि खलंगा बजार,जुम्लाबाट सुरु भई मुगु रारातालको छेउ हुटु अन्तिम बिन्दु तोकिएको छ। ४ स्थानमा चेकपोस्ट राखिएको छन्।
म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, स्वर्ण पदक,प्रमाणपत्र द्धितीय हुनेलाई ७५ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, तृतीय हुनेलाई ५० हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी चौथो र पाँचौं हुनेलाई २०र२० हजार, नगद फिनीसर मेडल प्रमाणपत्र प्रदान गरिनेछ।
यस्तै ५ किलोमिटर तर्फ प्रथम हुनेलाई ५ हजार रुपैयाँ, स्वर्ण पदक, प्रमाणपत्र द्धितीय हुनेलाई ३ हजार नगद, सिल्भर पदक प्रमाणपत्र, र तृतीय हुनेलाई २ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ।
त्यस्तै १० किलोमिटर तर्फ प्रथम हुनेलाई १० हजार नगद, स्वर्ण पदक प्रमाणपत्र,द्धितीय हुनेलाई ६ हजार नगद, सिल्भर पदक प्रमाणपत्र र तृतीय हुनेलाई ४ हजार नगद, कास्य पदक प्रमाणपत्र प्रदान गरिनेछ्। प्रतियोगिताको लागि २५ लाख ७४ हजार खर्च लाग्ने अनुमान गरिएको छ।
प्रकाशित: २५ वैशाख २०८२ १७:११ बिहीबार





