७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

सम्झनलायक बिदाइ गर्न आग्रह

लन्डन – दुई दशक क्लब प्रशिक्षणमा रहँदा धेरै पटक प्रतिष्ठित भिडन्तका लागि ओल्ड ट्राफोर्डको भ्रमण गरिसकेका आर्सनलका प्रशिक्षक आर्र्सेन वेंगरले आइतबार सोही मैदानमा अन्तिम पटक म्यानचेस्टर युनाइटेडको सामना गर्दा कस्तो स्वागम पाउने हो भन्ने बारे अझै बेखबर छन्।

६८ वर्षे फ्रान्सेली  प्रशिक्षक वेंगरले गत सता यसै सिजनको अन्त्यसँगै आर्सनलसँगको २२ वर्षे यात्रा टुङगाउने घोषणाा गरेका थिए। वेंगरले एकै क्लबका लामो समय बिताउने युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनको कीर्तिमान तोडेका थिए। फर्गुसन र हाल युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होसँग वेंगरको सम्बन्ध सुमधुर छैन।
तर वेंगरले जारी सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेसँगै फर्गुसन र माउरिन्होले उनको निर्णयको स्वागत गरेका थिए।

माउरिन्होले वेंगरसँगको विवाद शृंखलामा केही पछुतो भएको भन्दै वेंगर आइतबार अन्तिम पटक ओल्ड ट्राफोर्ड भ्रमणमा निस्किदा सम्झनलायक बिदाई दिन युनाइटेड समर्थकसँग आग्रह गरेका थिए। यता वेंगरले माउरिन्होप्रति कुनै गुनासो नभएको भन्दै उनको सधै सम्मान गर्ने प्रतिक्रिया दिए।

जारी सिजन ३४ खेलमा ५७ अंक जोडेको आर्सनल छैटौ स्थानमा छ। आर्सनलको शीर्ष ४ मा बस्दै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना समाप्त भैसकेको छ।

बिहीबार एट्लेटिको मड्रिडसँग घरेलु मैदान इमिरेट्समा सेमिफाइनल पहिलो लेगमा १–१ को बराबरीमा रोकिएसँगै युरोपा लिगको उपाधि जिताउँदै क्लबलाई च्याम्पियन्स लिगमा छनोट गराउने लक्ष्यसमेत संकटमा परेपनि वेंगरले अझै आस मारिनसकेको बताए।

वेंगर ओल्ट ट्राफोर्डमा गरिने सत्कारका साथै युनाइटेडविरुद्ध उतार्ने पहिलो रोजाईमा समेत अन्योलमा छन्। वेंगरले युरोपा लिगको दोस्रो लेगमा केन्द्रित हुँदै युनाइटेडविरुद्ध दोस्रो रोजाईका खेलाडी उतार्ने बताइएको छ।

‘२२ वर्ष आर्सनलको  प्रशिक्षण सम्हाल्दा मैले कयौ पटक ओल्ड ट्राफोर्डको भ्रमण गरेको छु र मिश्रित प्रतिक्रिया पाएको छु,’वेंगरले भने, ‘तर मैले अन्तिम खेलमा युनाइटेड समर्थकबाट कस्तो प्रतिक्रिया पाउछु म बेखबर छु।’

‘हामी शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना न्यून छ,’वेंगरले थपे, ‘हाम्रो लक्ष्य भनेको युरोपा लिगको विजेताको हैसियतमा च्याम्पियन्स लिगमा छनोट हुने। त्यसैले हाम्रो ध्यान युनाइटेडविरुद्धको खेलमा भन्दा पनि अर्को साता एट्लेटिकोविरुद्ध हुने सेमिफाइनल दोस्रो लेगमा छ।’

वेंगरले आफू सधै आर्सनलप्रति प्रतिबद्ध भन्दै सन २००१ मा फर्गुसनले युनाइटेड छोड्ने मनस्थिति बनाउदा क्लबका अध्यक्ष मार्टिन एडवार्डले आफूलाई प्रशिक्षण सम्हाल्न प्रस्ताव गरेपनि उत्त प्रस्ताव अस्वीकार गरेको समेत बताएँ।

‘ म सधै आर्सनलप्रति इमान्दार रहे,’वेंगरले भने, ‘मैले क्लबमा लामो समय बिताए। यस क्रममा मैले अन्य क्लबबाट आएका कयौ प्रस्ताव अस्वीकार गरेको थिएँ।

प्रकाशित: १६ वैशाख २०७५ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App