१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइपीएल : मुम्बईले चेन्नईलाई ८ विकेटले हरायो

काठमाडौं – भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

गएराति महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा  भएको खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराउँदै मुम्बईले जित निकालेको हो।

चेन्नईले दिएको १ सय ७० रनको लक्ष्य मुम्बईले खेलमा २ बल बाँकी छँदा २ विकेट गुमाउँदै पूरा गर्यो।

मुम्बईलाई जित दिलाउन कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५६ रन जोडे। यस्तै ओपनर सूर्यकुमार यादवले ३४ बलमा ४४ रन बनाए भने इभान लेविसले पनि ४३ बलमा ४७ रन बनाए।

चेन्नईका लागि सुरेश रैनाले नटआउट ७५ रनको पारी खेले। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अम्बति रायडूले ३५ बलमा २ चौका र ४ छक्कासहित ४६ रन जोडे। कप्तान महेन्द्रसिंह धोनीले २१ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाउँदा शेन वाट्सन १२ रनमा समेटिए।

बलिङतर्फ क्रुनाल पाण्ड्या र मिचेल मैक्लेन्घनले समान २ तथा हार्दिक पाण्ड्याले १ विकेट लिए।

आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन्। राजस्थान रोयल्स र सनराईजर्स हैदरावादबीच पहिलो प्रतिस्पर्धा हुने छ भने रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाईट राईडर्स पनि अाजै भिड्नेछन्।

प्रकाशित: १६ वैशाख २०७५ ०२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App