१५ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

रग्बीको बन्द प्रशिक्षणमा ४२ खेलाडी

नेपाल रग्बीले संघले यसै महिना हुने बाङ्लादेशसँगको शृंखलाका लागि राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा ४२ खेलाडीलाई बोलाएको छ।

उक्त शृंखला आगामी वैशाख २० देखि २२ गतेसम्म घरेलु भूमिमै हुने तय गरिएको छ।  संघले यसै हप्ता सम्पन्न राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको हो।

नेपाली टोलीको प्रशिक्षणमा श्रीलंकाका लियोनार्ड डे जिल्वा छन्। उनले नै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। संघका अनुसार प्रशिक्षण भक्तपुर र ललितपुरमा हुनेछ।  पहिलो चरणको प्रशिक्षण आइतबारदेखि भक्तपुरस्थित मैदानमा हुनेछ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीमा अनिल माझी, अनिश श्रेष्ठ, विवेश बसु, विकास रानामगर, विक्रम पुरी, विजय खड्का, विराट श्रेष्ठ, विष्णु खड्का, धनबहादुर जर्गा, दीपेन्द्र अर्याल, गणेश बानियाँ, जुकेन्द्र राई र दीपेन्द्र चौधरी छन्।

अन्य खेलाडीमा मधेस विष्ट, मनोज ताम्राकार, मधु रोक्कामगर, कपिल सापकोटा, कपिल ठकुरी, मशेष सुनवार, मिलन थापा, मोहम्मद हुसेन, मोसेस कुमाल, नवीन दर्लामी मगर, नवीन महर्जन, निरोज कार्की, प्रमेश चौधरी, रमितबहादुर मल, रोहन डंगोल, रोशन बम्जन, सञ्जय अधिकारी, सन्दीप राई, सरोज कपाली, श्रीराम श्रेष्ठ, सुजन कुमाल, सुमन कटवाल, यदु अधिकारी, शेरबहादुर वली, विशाल बडु, शेवक कुँवर, पुकार खड्गी, सबिन महत र पुजन फेवाली छन्।  

प्रकाशित: ६ वैशाख २०८२ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App