इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।
आफ्नो पहिलो खेलमा विजयी दुवै टोली जितको क्रमलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछन् । बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो ।
चेन्नई र बेंगलुरुबीच आईपीएलमा ३३ खेल भएका छन् । जसमध्ये २१ खेलमा चेन्नई र ११ खेलमा बेंगलुरु विजयी भएको थियो । एक खेल बिना नतिजा कै सकिएको थियो ।
पहिलो संस्करण सन् २००८ मा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।
प्रकाशित: १५ चैत्र २०८१ १५:२९ शुक्रबार