इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) भिड्दै छन्। खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा गुवाहाटीमा सुरु हुने छ।
कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो।
१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी सुरुआत गरेको छ।
कुल १० टोलीको सहभागिता रहने प्रतियोगितामा फाइनलसहित ७४ खेल हुने छन्। सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ। प्रतियोगिता ६४ दिनसम्म सञ्चालन हुने छ।
आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जिटेका छन्। त्यस्तै कोलकाताले तीन पटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १–१ पटक उपाधि जितेका छन्।
प्रकाशित: १३ चैत्र २०८१ ०९:५० बुधबार