११ चैत्र २०८१ सोमबार
image/svg+xml
खेल

वुमन्स टी–२० क्रिकेट : नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य

ईश्वरीले लिइन् ३ विकेट

युगान्डामा जारी वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नामिबियाले नेपालसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

एन्टेबे क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार पारेको हो । नामिबियाले बनाएको यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा बढी हो । 

नामिबियाका लागि यस्बिन खानले ४५ र विल्का वातिलले २० रन बनाइन् ।

 नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन् । रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया शर्माले समान एक विकेट झारे । 

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो ।

जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकाले नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App