१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

फोर नेसन्स इन्टरनेसनल वुमन्स च्याम्पियनसिप फाइनल : पहिलो हाफ बराबरीमा

फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपअन्तर्गत फाइनलको पहिलो हाफमा नेपाल र म्यानमारले बराबरी खेलेका छन् ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।  

दुवै टिमले गोलका केही अवसर बनाए पनि पोष्टको दिशा भने दिन सकेनन् । सवित्रा भण्डारी र रेखा पौडेलले गोल गर्ने केही अवसर गुमाए । म्यानमार टिमको प्रहार गोलकिपर एवं क्याप्टेन अन्जना लिम्बूले असफल बनाइन् ।  

लेबनन र कीर्गिस्तानसमेत सहभागी चार देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २-२ गोलको बराबरी खेलेका थिए ।  

प्रकाशित: १४ फाल्गुन २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App