२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

रछ मेमोरियल पुरुष फुटबल फागुन १३ गतेदेखि

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा आयोजना हुने रछ मेमोरियल पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा फागुन १३ गते देखि हुने प्रतियोगिताको पहिलो खेलमा माछा पोखरी हिटी क्लब ताप्लेजुङले इन्ट्रा पथरी ११ फुटबल क्लब मोरङको सामना गर्ने आयोजक जलजले क्लब साँघुका अध्यक्ष रुपनारायण घिमिरेले जानकारी दिए ।

सोही दिन हुने दोस्रो खेलमा आयोजक जलजले क्लबको भिडन्त तेह्रथुमको म्याङलुङ रिपोर्टिङ क्लबसँग हुने छ । १४ गते हुने पहिलो खेलमा मैवाखोला गाउँपालिकाको टिम र धरान सिटी फुटबल क्लब धरान आमने सामने हुनेछन् । दोस्रो खेलमा मरिक फुटबल क्लब धरानको टिमले साँघुरी गढी फुटबल क्लब धनकुटासँग भिडन्त गर्ने छ ।

महाशिवरात्रि पर्वकै अवसरमा पालिका स्तरीय महिला फुटबल र पुरुष ब्याडमिन्टनतर्फ एकल र युगल खेल समेत सञ्चालन हुने खेल तथा टिम व्यवस्थापन संयोजक मनोज लिम्बूले जानकारी दिए । 

प्रकाशित: ९ फाल्गुन २०८१ १०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App