११ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स ट्रफी : भारतले बंगलादेशसँग खेल्दै

आइसिसी च्याम्यिन्स ट्रफीमा भारतले बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्राको सुरुवात गर्दैछ। खेल यूएईको दुवई क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराह्न २ः४५ बजे सुरु हुनेछ।  

भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि सेन्ट्रल भेन्यू यूएईमा उसका खेल हुन लागेका हुन्। भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगे यूएईमै प्रतिस्पर्धा हुनेछ। अन्यथा भारत बिनाका सबै खेल पाकिस्तानका विभिन्न सहरमा हुनेछन्।  

भारत पछिल्लो पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको उपविजेता हो। फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो। अहिलेसम्म नौं पटक च्याम्पियन्स ट्रफीमा सहभागी भारतले सन् २००२ मा श्रीलंकासँग उपाधि बाँडेको थियो भने सन् २०१३ मा इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो।  

यसअघि ६ पटकसम्म च्याम्पियन्स ट्रफी खेलेका बंगलादेश सन् २०१७ मा सेमिफाइनलमा पुगेको थियो।  

भारतको टोली

रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, शुभमन गिल, श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, वशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, वरुण चक्रवर्ती।

बंगलादेशको टोली

नजमुल हुसेन शान्तो (कप्तान), मुश्फिकुर रहीम, मेहदी हसन मिराज, सौम्य सरकार, तन्जीद हसन, तौहिद हृदय, महमुदुल्लाह, जाकर अली, रिशाद हुसैन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जीम हसन साकिब र नाहिद राना।

यसअघि बुधबार भएको उद्घाटन खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०८१ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App