२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

इटहरी गोल्डकपको १५औं संस्करण शनिबारदेखि, उद्‌घाटन खेलमा आयोजक र यूकेएफसी भिड्ने

१५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबार (फागुन ३ गते) सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल शनिबार पाहुना टोली युनाइटेड खर्साङ  क्लब (यूकेएफसी) र आयोजक राष्ट्रिय जागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

माघ २६ गते धरानमा सकिएको २५औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा यूकेएफसी सेमिफाइनलसम्म पुगेको थियो। इटहरीलाई भने भुटानको रोयल थिम्पु कलेज तेस्रो क्वाटरफाइनल खेलमा हराएको थियो।

यूकेएफसी इटहरीमा आयोजित गोल्डकप प्रतियोगितामा तीनपटक सहभागी भइसकेको छ।  यूकेएफसीसँग खेल्न आयोजक राष्ट्रिय जागृति क्लबले नाम चलेका टीमका केही खेलाडीलाई अनुबन्ध गरेको छ।  

प्रतियोगितामा एक विदेशी पाहुना टीमसहित नेपालका सात गरी आठवटा टिमको सहभागिता रहनेछ।  जसमा भारतको पाहुना टीम यूकेएफसीसहित मच्छिन्द्र फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड काठमाडौं, झापा एघार फुटबल क्लब, आयोजक राष्ट्रिय जागृति, एनआरटी क्लब काठमाडौं, सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।

फागुन १० गतेसम्म चल्ने गोल्डकपमा विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ।  सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिनेछ।  यस्तै, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई दस हजार प्रदान गरिनेछ।  

यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।  यस्तै, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने राइजिङ् प्लेयरलाई एक थान एलइडि टिभी प्रदान गरिनेछ। 

इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा ८२ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ। 

प्रकाशित: २ फाल्गुन २०८१ १८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App