२६ फाल्गुन २०८१ सोमबार
image/svg+xml ४:३५ पूर्वाह्न
खेल

यू-१९ महिला टी-२० विश्वकप फाइनल: भारतविरुद्ध साउथ अफ्रिकाले पहिला ब्याटिङ गर्ने

आईसिसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा साउथ अफ्रिकाले पहिला ब्याटिङ गर्ने भएको छ । क्वालालाम्पुरमा टस जितेर साउथ अफ्रिकाले भारतविरुद्ध पहिला व्याटिङ गर्ने भएको हो । खेल केहीबेरमा सुरु हुनेछ ।

साउथ अफ्रिका अस्ट्रेलियालाई र भारत इंल्यान्डलाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

दोस्रो पटक आयोजना भएको यू-१९ महिला विश्वकपको उपाधि उचाल्दै भारत उपाधि यात्रा कायम राख्ने योजनामा हुनेछ । साउथ अफ्रिका भने उपाधिमा पहिलो पटक आफ्नो नाम लेखाउन चाहान्छ । पहिलो संस्करणको विश्वकपको उपाधि भारतले जितेको थियो।

प्रतियोगितामा नेपाल पनि सहभागी थियो । तर नेपाल समूह चरणका तीनै खेलमा पराजित भएको थियो ।

प्रकाशित: २० माघ २०८१ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App