नेपाल पुलिस क्लब एनसेल पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा शुक्रबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । पुलिसले आर्मीलाई ३-२ को सेटमा हरायो ।
पुलिसले २५-१४, २२-२५, २५-२२, २३-२५ र १५-१२ ले आर्मीमाथि जित निकालेको हो ।
पराजित आर्मीले दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
अहिलातर्फ भने सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा पुगेको छ । एपीएफ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । पराजित टाइगर ग्रुप र टिपटक न्यू डाइमन्ड स्पोर्ट्सबीच शनिबार हुने खेलले फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ ।
प्रकाशित: १८ माघ २०८१ १४:३९ शुक्रबार