१३ फाल्गुन २०८१ मंगलबार
image/svg+xml १४:५६ अपराह्न
खेल

'२४ औँ लालशेर राई स्मृति मेयरकप' उपाधि बोक्सेलाई

विजेता बोक्सेलाई पुरस्कार प्रदान गर्दै मेयर बस्नेत। तस्विर: महेश्वर

सदरमुकाम गाईघाटमा '२४ औँ लालशेर राई स्मृति मेयरकप फुटबल प्रतियोगिता २०८१'को उपाधि त्रियुगा १० बोक्सेले हात पारेको छ। गाईघाटको थरुहट उदयपुर रङ्गशालामा भएको फाइनल खेलमा बोक्सेले १२ नं. वडा डिएमगेटलाई ४-१ ले पराजित गरी उपाधि जितेको हो। 

खेलको पहिलो हाफ गोलविहीन रहे पनि दोस्रो हाफमा बोक्सेले प्रभावी प्रदर्शन गर्दै ४ गोल गर्न सफल भयो। बोक्सेका लागि अर्जुन मगरले ३७ र ४७ औँ मिनेटमा २ गोल गरे भने सनम राई र लक्की राईले समान १-१ गोल थपे। डिएमगेटका रविशङ्कर चौधरीले ६६ औँ मिनेटमा एक गोल फर्काए तापनि जित्न पर्याप्त भएन।

म्यान अफ द म्याच बोक्सेका दिपक मगर घोषित भए, जसले १ हजार नगद र ट्रफी प्राप्त गरे। विजेता बोक्सेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने डिएमगेटले उपविजेताको हैसियतले ३० हजार नगद र प्रमाणपत्र पायो।

बोक्सेका बिरामी खेलाडीद्वय सुदिप श्रेष्ठ र सुनिल सुर्खेतीको स्वास्थ्य लाभको कामना गर्दै आयोजित प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी राईलाई ३ हजार र बाँकी अन्य विधाका उपाधि प्राप्त खेलाडीलाई जनही २ हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरियो । 

विहीबार साँझको समापन समारोहमा त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे। प्रतियोगिता त्रियुगाका संस्थापक नगरप्रमुख स्व. लालशेर राईको स्मृतिमा आयोजित थियो, जसमा नगरका १६ मध्ये १४ वडाबाट खेलाडी टिम सहभागी भएका थिए।

प्रकाशित: १८ माघ २०८१ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App