७ फाल्गुन २०८१ बुधबार
image/svg+xml १९:४३ अपराह्न
खेल

नेदरल्याण्ड्सले नेपाललाई दियो १५८ रनको उच्च लक्ष्य

नेदरल्याण्ड्सले  जितका लागि नेपाललाई १५८ रनको उच्च लक्ष्य दिएको छ।

त्रिकोणात्मक टी–२० शृङ्खलाको उद्‌घाटन खेलमा नेदरल्यान्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको हो । डच टोलीका रोबन लिच्केले नटआउट ५९ र इरिस विलिङले नटआउट ३१ रन बनाइन् । 

नेपालका लागि पूजा महतो, कविता कुँवर, ईश्वरी बिष्ट र सिता राना मगरको नाममा समान एक विकेट रह्यो ।

नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। 

आज सुरु त्रिदेशीय शृङ्खला माघ २५ गतेसम्म सञ्चालन हुनेछ। शृंखलामा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्यान्ड पनि सहभागी छ । 

प्रकाशित: १७ माघ २०८१ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App