२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २१:४५ अपराह्न
खेल

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको खराब जवाफ

वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा २५४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले खराब जवाफ फर्काएको छ ।

झण्डै २ दशकपछि पाकिस्तान भ्रमणमा रहेको क्यारेबियन टोलीले दिएको २५४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले दोस्रो दिनको खेलको समाप्तिमा ४ विकेट गुमाएर ७६ रनमात्र बनाएको छ । जितका लागि पाकिस्तानलाई १७८ रनको खाँचो छ र उसँग ६ विकेट बाँकी छ ।

बाबर आजम ३१ र कमरान गुलाम १९ रनमा आउट भए । क्याप्टेन सान मक्सुद र मोहमद हुरैराले समान २ रन बनाए ।

भ्रमणकारी टोलीका लागि केभिन सिनक्लियरले २ तथा गुडाकेस मोटी र गोमेल वारिकेनले समान एक विकेट लिएका छन् ।  

यसअघि आइतबार नै आफ्नो पहिलो इनिङ्स थालेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा २४४ रन बनाएको थियो । पहिलो इनिङ्सको तुलनामा सुधारिएको ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि क्याप्टेन क्रेइज ब्रेथवेटले ५२, टेभिन इम्ल्याचले ३५ र आमिर जाङ्गूले ३० रन बनाए ।

पाकिस्तानका लागि साजिद खान र नोमन अलीले समान ४ तथा कासिफ अली र अब्रार अहमेदले समान १ विकेट लिए ।

दुवै टोली पहिलो इनिङ्समा भने पहिलो दिन नै अलआउट भएका थिए । वेस्ट इन्डिज १६३ र पाकिस्तान १५४ रनमा समेटिएका थिए ।

दुई खेलको शृंखलामा पाकिस्तान १-० ले अघि छ । पहिलो खेलमा घरेलु टोली १२७ रनले विजयी भएको थियो ।

प्रकाशित: १३ माघ २०८१ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App