५ माघ २०८१ शनिबार
image/svg+xml
खेल

यू–१९ महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित

आइसिसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेटमा नेपाल आफ्नो पहिलो खेलमा बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको लक्ष्य बाङ्लादेशी टोलीले १३ दशमलव २ ओभरमा पूरा गर्दै जित निकालेको छ ।  

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाली टोली ५२ रनमा अलआउठ भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन्।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको बाङ्लादेशी टोलीले पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको छ ।  

प्रकाशित: ५ माघ २०८१ १४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App