१८ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

टेबलटेनिसमा एरिसलाई स्वर्ण

ललितपुर महानगरपालिका वडा-२० का एरिस शाक्यले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

ललितपुर महानगरपालिका वडा-९ को आयोजनामा पाटनको गःछेंमा भइरहेको प्रतियोगितामा एरिसले यु–१६ ब्वाइज सिंगल्समा स्वर्ण जितेका हुन्। उनले फाइनलमा वडा–१६ का रिजन शाक्यलाई ११–७, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे। वडा– ९ का सोयम महर्जन र वडा– २० का शंकर श्रेष्ठ तेस्रो भए।

प्रकाशित: १५ पुस २०८१ ०९:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App