१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

पेप गार्डिओलाको चिन्ता : म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग गुमाउन सक्छ

इङ्लिस क्लब म्यानचेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग गुमाउने खतरा बढेको भन्दै प्रशिक्षक पेप गार्डिओलाले चिन्ता व्यक्त गरेका छन् ।  

पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको सिटीले प्रिमियर लिग र अन्य युरोपेली प्रतियोगितामा समेत उल्लेख्य प्रदर्शन गर्न सकिरहेको छैन । प्रिमियर लिगको १७ खेलबाट मात्र २७ अंक जोडेको डिफेन्डिङ च्याम्पियन सिटी सातौं स्थानमा छ । च्याम्पियन्स लिग खेल्न सिटीलाई पिमियर लिगको शीर्ष पाँच भित्र अटाउनु पर्नेछ ।  

सन् १९९८ र २०१७ को बीचमा आर्सनल तथा सन् १९९६ र २०१४ को बीचमा म्यानचेस्टर युनाइटेडले लगातार च्याम्पियन्स लिगमा स्थान बनाएका थिए ।  सिटीले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको छ । उसले सन् २०२३ मा एकपटकमात्र उपाधि उचालेको इतिहास छ । 

म्यान सिटीले बिहीबार एभर्टन, २९ डिसेम्बरमा लेस्टर सिटी र ४ जनवरीमा वेस्टह्यामसँग खेल्नेछ । प्रशिक्षक गार्डिओलाले यी खेलहरुमा जित निकाल्न सके थोरै आशा जाग्ने बताउँदै बाँकी खेलहरुमा पनि कडा परिश्रम आवश्यक पर्ने उल्लेख गरेका छन् ।  

प्रशिक्षक गार्डिओलाले भनेका छन्, मैले भनेका कुराहरुमा समर्थकहरुले आश्चर्य व्यक्त गरेपनि च्याम्पियन्स लिगमा छनोट हुन कठिन देखिरहेको छु । 

प्रकाशित: ११ पुस २०८१ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App