१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

पुसे मेला भलिबलको उपाधि भोजपुरलाई

ताप्लेजुङको दोभानमा सम्पन्न पुसेमेला अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। अघिल्लो वर्षको बिजेता झापाको पाथीभरा टाइगर भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो।

झापामाथि भोजपुरले २५–२१, २५–१६ र २५–२३ को अंकमा जित निकालेको थियो। उपाधि जितसँगै भोजपुरले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ। त्यस्तै उपविजेता बनेको झापाले एक लाख ७५ हजार रुपैयाँ नगद र ट्रफी, पदक तथाा प्रमाणपत्र प्राप्त गर्यो। सेमिफाइनमा संखुवासभाको सभापोखरीलाई २५–२३, ३०–२८ र २५–२१ को सेटमा पराजित गर्दै भोजपुर फाइनल पुगेको थियो।

त्यस्तै मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई २५–१९, २५–२१ र २५–१९ ले पराजित गर्दै झापा फाइनलमा पुगेको थियो। प्रतियोगितामा भारत, सिक्किमको नाम्चे भलिबल क्लबसहित ७ टोलीको सहभागिता रहेको थियो।

प्रकाशित: ६ पुस २०८१ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App