२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

ओलम्पियन संगीना सम्मानित

काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगीना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ।

काठमाडौं महानगर स्थापनाको ३०औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य सम्मानित भएकी हुन्। तेक्वान्दो खेलमार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्‍याएकाले योगदानको कदर गर्दै संगीनालाई सम्मान गरिएको हो।

उपराष्ट्रपति रामसाहय प्रसाद यादवले नगद १ लाख ५० हजारसहित संगीनालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरे। उनी छनोट भएर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन्। एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उनले स्वर्ण जितेकी छन्। संगीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण जितेकी छन्।

प्रकाशित: ३० मंसिर २०८१ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App