१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानको उजुरीमा छानबिन समिति

लाहोर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार  भारतले दुईपक्षीय शृंखला खेल्न अस्वीकार गरेको भन्दै पाकिस्तानले दिएको उजुरीको छानबिनका लागि समिति गठन गरेको छ।

त्यस्तै एसियन क्रिकेट काउन्सिलले सोमबार पाकिस्तानले भारतमा सेप्टेम्बरमा आयोजना हुने भनिएको एसिया कप संयुक्त अरब इमिरेट्समा सारेको बताएको थियो।

सन् २००८ मा  मुम्बईमा भएको आतंककारी हमलापछि भारतले पाकिस्तानविरुद्धको शृंखला खेल्न अस्वीकार गर्दै आएको छ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) ले सन् २०१४ मा भएको सम्झौताअनुसार २०१५ देखि सन् २०२३ सम्म ६ वटा दुईपक्षीय शृंखला खेल्ने सम्झौता भए पनि भारतले सम्झौता पालना नगरेको दाबी गरेको छ।

पिसिबीले गत वर्ष नोभेम्बरमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) विरुद्ध ७० लाख डलर माग गर्दै आइसिसीमा उजुरी दिएको थियो।

तीन सदस्यीय टोलीले यसै वर्षको अन्त्यसम्ममा यसबारे प्रतिवेदन बुझाउने आइसिसीले जनाएको छ।

‘यस विषयमा अक्टोर १ देखि ३ सम्म दुबईमा सुनुवाइ हुनेछ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘छानबिन समितिको प्रतिवेदनपछि मात्र यसका बारेमा अन्तिम निर्णय लिइनेछ।’

बिसिसिआईले सरकारको अनुमति नपाएको भन्दै सन् २०१५ र २०१७ मा पाकिस्तनविरुद्धको दुई शृंखला खेल्न अस्वीकार गरेको थियो।

प्रकाशित: २९ चैत्र २०७४ ०३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App