११ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकामा भूपेन्द्रलाई दुई पदक

नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान एक–एक स्वर्ण र रजत गरी दुई पदक जितेका छन्।

नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जिते।

प्रतियोगितामा अमेरिकाको २२ मार्सल आट्समा क्लबका ३ सय ४७ खेलाडी सहभागी थिए।

भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि ९नोभेम्बर ९० भएको १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन्। उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।

प्रकाशित: २५ मंसिर २०८१ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App