मरिक फुटबल क्लब सुनसरी ताप्लेजुङको तेल्लोकमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। भारतको पारिजात संघ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मरिक फुटबल क्लब सेमिफाइनल पुगेको छ।
खेलको सुरुआती अग्रता भने पारिजात संघ फुटबल क्लबले लिएको थियो। पारिजातका भीम प्रधानले गोल गर्दै बनाएको अग्रता मरिकका लागि निश्चल लामाले गोल गर्दै बराबरीमा ल्याए। मरिकका लागि सबिन घिमिरेले दोस्रो गोल गर्दै टिमलाई २–१ अग्रतामा ल्याए। खेलको अन्त्यतिर निश्चल लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–१ को स्थितिमा पु¥याए लगत्तै पारिजातका सदनले टिमका लागि दोस्रो गोल गर्दा खेल भने मरिकले ३–२ जित्यो। अब मरिकले आयोजक तेल्लोक स्पोर्टिङ क्लबसँग फाइनल यात्राका लागि भिडन्त गर्ने छ।
यसअघि आयोजक तेल्लोक स्पोर्टिङ क्लब र उदयपुरको बद्ररहुड फुटबल क्लब क्वाटर फाइनल खेल जित्दै सेमिफाइनल पुगिसकेका छन्। २९ गते सकिने प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ सिरिजङ्गासिंह थेबेको प्रतिमा भएको ट्रफी,मेडल र प्रमाणपत्र पाउँदा उपविजेताले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन्। बुधवार पाँचथर वाईवाई फुटबल क्लब पाँचथरले मोरङको सिरिजङ्गा फुटबल क्लबसँग अन्तिम क्वाटर फाइनल खेल खेल्ने छ।
प्रकाशित: २५ मंसिर २०८१ १६:३४ मंगलबार