१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

मेरिङदेनको दोभानमा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल हुने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित दोभानमा लाग्ने पुसेमेलामा अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पुस १ देखि ५ गतेसम्म लाग्ने पुसेमेलामा विगतका वर्षमा झैँ यस वर्ष भलिबल प्रतियोगिता हुने भएको हो।

आयोजक पुसेमेला सञ्चालन समितिले सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। समितिका अध्यक्ष हेम चोङ्बाङले अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएसँगै प्रतियोगितामा सहभागी हुने टोलीको पनि टुङ्गो लागेको जानकारी दिए।

उनका अनुसार भारतको सिक्किमसहित भोजपुर, झापा, संखुवासभा, पाँचथर र ताप्लेजुङका दुईसमेत ७ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने समितिले जनाएको छ।

यस्तै पुसेमेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ,¥याफ्टिङ लगायतका गतिविधि हुने समितिका सचिव सुजन सामेखामले जानकारी दिए। पुसे मेलाकै बेला हुने सांस्कृतिक कार्यक्रममा राजु लामा,दयाहाङ राई लगायतको उपस्थितिमा साङ्गीतिक कार्यक्रम हुने पनि समेत उनले बताए। 

प्रकाशित: २४ मंसिर २०८१ १४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App